Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागूऔषध सहित २१ जना पक्राउ

२४ शनिबार , आश्विन २०८३७ घण्टा अगाडि

लागूऔषध सहित २१ जना पक्राउ

काठमाडौं, २३ असोज । काठमाडौं, तारकेश्वर नगरपालिका ८ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ५ सय मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका ४ घर भएका ३३ वर्षीय अमृत बराल, ३४ वर्षीय सुजन विश्‍वकर्मा, नुवाकोट तादी गाउँपालिका १ घर भएका ३६ वर्षीय बसन्त ढकाल र विदुर नगरपालिका ८ घर भएका २३ वर्षीय सन्दिप कालिकोटे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    सुनसरी, कोशी गाउँपालिका १ भन्सार टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित दुहवी नगरपालिका(५ बस्ने ३१ वर्षीय शिशिर कुवरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका(३ नहाडा चोकबाट नियन्त्रित लागूऔषध डाईक्लोमाइन १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल १ हजार ३ सय ९० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका ३ बस्ने ३० वर्षीय अनुश मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले कान्छी चोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००३ प २५९३ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकलमा सवार अनुशलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 
    ललितपुर, ललितपुर महानगरपालिका २८ हरिसिद्धि तफाखल पार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका २८ हरिसिद्धि बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका १ घर भएका २१ वर्षीय आयुष सुनुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरिसिद्धीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    उदयपुर, बेलका नगरपालिका १ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सुनसरी धरान उपमहानगरपालिका २० बिष्णुपादुका बस्ने २९ वर्षीय बिशाल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी आम्बासीबाट खटिएको प्रहरीले बसाहाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र १ ०२ ०४३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
    दाङ, तुलसीपुर उपमहानगरपालिका ५ रानीजरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका ५ प्रगतिशील टोल बस्ने २७ वर्षीय प्रकाश वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    नवलपरासी पूर्व, देवचुली नगरपालिका १६ टागिकोट डेरा गरी बस्ने बुलिङटार गाउँपालिका १ घर भएका २१ वर्षीय पूर्ण बहादुर मापछन समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट, भोमाइन ३० ट्याब्लेट र ऐनारगन ४५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहबरबाट खटिएको प्रहरीले पूर्ण बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    झापा, दमक नगरपालिका ७ डुमटोल बस्ने २९ वर्षीय आशिष कुमार तामाङ समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    मोरङ, कानेपोखरी गाउँपालिका ६ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका ७ डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका ७ घर भएका २५ वर्षीय सुर्य दर्जीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले रमाइलोबाट कानेपोखरीतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका(१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट, नाईट्राभेट २६  ट्याब्लेट र नगद ६७ हजार ४ सय रूपैयाँ सहित ललितपुर महालक्ष्मी नगरपालिका २ बस्ने ३८ वर्षीय सुरज बानियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
बाँके, डुडुवा गाउँपालिका १ पिपरहवाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम नरेश कुर्मीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
कास्की, पोखरा महानगरपालिका(९ महेन्द्रपुल बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका २ घर भएका २२ वर्षीय शुसिल रोक्कालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय १० ट्याबलेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 
कैलाली, टीकापुर नगरपालिका १ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबश चौधरी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।