
प्रहरीले चाह्यो र स्वतन्त्र रुपमा काम गर्न पायो भने बिकिनी किलरलाई त पक्राउ गर्न सफलता पायो भने सुन माफिया के हुन् र ? प्रहरीले बुढानीलकण्ठको घरमा छापा मारेर २१ किलो ७५०.६८ ग्राम सुन र चिनियाँ २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन पक्राउ गरेको छ ।
अब प्रहरी यथार्थमा सुनको मालिक, सुन किन्ने व्यापारीसम्म पुग्ने, कहाँबाट ल्याइएको हो ? कस कसको संलग्नता छ, आदि विषयमा अनुसन्धानमा जुटेको छ । कतै यो सुन काण्डमा राजनीतिक संलग्नता देखिन सक्ने अनुमान पनि गरिएको छ ।
माथिल्लो भंगाल, बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकले सुन रिफाइन गर्ने अवैध कारखाना नै सञ्चालन गरेका रहेछन् । प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका धातुका टुक्रा गरी साढे २१ किलो बढी सुन बरामद गरेको जनाएको छ । सुन त्रिभुवन विमानस्थलबाटै भित्रिएको अनुमानका साथै यसबारेमा पनि बुझबुझारथ भइरहेको थाहा भएको छ ।


