Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागूऔषध खैरो हेरोइन बरामद

२६ सोमबार , आश्विन २०८३एक घण्टा अगाडि

कैलाली, २६ असोज । गोदावरी नगरपालिका १० बस्ने ३२ वर्षीय सुबास ऐरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई आफ्नै घरआँगनमा बसिरहेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।