Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

गाँजा र लागूऔषध पक्राउ

२७ मंगलबार , आश्विन २०८३६ घण्टा अगाडि

गाँजा र लागूऔषध पक्राउ

करिब २ सय ४९ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
काठमाडौं, २७ असोज । उदयपुर, बेलका नगरपालिका ५ सुपाडे देउरालीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५९ किलो ४ सय ग्राम सहित सप्तरी सप्तकोशी नगरपालिका ८ आदोरा बस्ने २८ वर्षीय पशुपती साफीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र १ ०२ ००२ च ५२९० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक पशुपतिलाई पक्राउ गरेको हो ।  
सिराहा, सखुवानन्कारकट्टी गाउँपालिका ५ बस्ने ४३ वर्षीय जगदिश यादवलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९० किलोग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी समेतबाट खटिएको प्रहरीले जगदिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं, २७ असोज । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका ५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका ३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका ६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका ३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका ८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका ८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।       कञ्चनपुर, बेदकोट नगरपालिका १० बाट अवैध लागूऔषध खैरो  हेरोइन १४ ग्राम ६ सय ९० मिलिग्राम र नगद २० हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ६ 
घर भएका ३२ वर्षीय उद्वव साहु, ३२ वर्षीय महेन्द्र चन्द र सोही नगरपालिका(३ बस्ने ३० वर्षीय मुकेश मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
     झापा, मेचीनगर नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका ११ अठारघरे कालिझोडा बस्ने २७ वर्षीय अनिश माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    सिराहा, गोलबजार नगरपालिका १ बैरीबाणबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका १३ बस्ने १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यमबाबु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स।६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    दाङ, घोराही उपमहानगरपालिका ९ चैनपुर बस्ने २३ वर्षीय सुरेन्द्र बहादुर घर्ती मगर समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम २ सय ३० मिलिग्राम र नगद ७९ हजार ५ सय रूपैयाँ सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  
    यसैगरी दाङ, राप्ती गाउँपालिका १ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोहि गाउँपालिका १ बस्ने २० वर्षीय सुजल थापा र २२ वर्षीय शिब बहादुर पुन मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका १७ स्कुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय कपिल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका १२ बस्ने ४० वर्षीय गणेश बास्फोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु २ ख ६५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।