
नेपाल एनपीएलमय भएको छ । क्रिकेटको क्रेज र प्रगति दुबै प्रशंसनीय देखिन्छ । नेपालको क्रिकेट तेस्रो संस्करणसम्म आइपुग्दा विश्वस्तरीय आँखामा परिसकेको छ । प्रशारणको राइट्सबाटै ३२ करोड आम्दानी गरेको क्यानले डेढ अर्वको कारोवार हुने प्रक्षेपण गरेको छ । हिजोबाट सुरू भएको यो प्रतियोगितामा आधुनिक प्रविधिको प्रयोग भएको छ । डेविड वार्नर र आन्द्रे रसेलजस्ता अन्तर्राष्ट्रिय खेलाडीहरू खेल्न नेपाल आएका छन्, यो खेल पर्यटन प्रवद्र्धन पनि भएको छ ।
८ टोलीले १६ करोडभन्दा बढी पाउनेछन् । पहिलो दोस्रो, तेस्रो र चौथो हुने टोलीले डेढकरोड, ८०, ४० र २० लाख पाउने भएका छन् ।


