Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सिंगा तातोपानी कुण्डमा बढ्यो घुइचो

१८ मंगलबार , कार्तिक २०८३१५ घण्टा अगाडि

सिंगा तातोपानी कुण्डमा बढ्यो घुइचो

म्याग्दीको सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो बढ्दै गएको छ । तातोपानीमा डुब्नाले ढाड दुख्ने समस्याभएका देशैभरिका महिला पुरूष यही कुण्डमा नुहाएर प्राकृतिक उपचार लिने गरेका छन् । धेरैले भनेका छन्– १५ दिनसम्म तातोपानीमा डुबेपछि स्वास्थ्यमा राम्रो सुधार आएको छ । ढाड, कम्मर दुख्न छाडेको छ । खासगरी विदाका समयमा घुइँचो बढ्ने गरेको छ ।
अनुभवीहरूका अनुसार घरमा बाथटब बनाएर तातोपानीमा डुब्नु र यहाँ प्राकृतिक रूपमा निस्किएको तातोपानीमा शरीर डुबाउनुमा धेरै फरक छ । दैनिक अस्पताल धाउने, औषधि किन्नुभन्दा यहाँ स्नान गर्दा छुट्टै ताजगी आउने गर्छ । स्नान गर्न आउनेहरू दैनिक ५ सयदेखि हजारजनासम्मको भीड लाग्न थालेको छ । कुण्ड व्यवस्थापन समितिले बिहान ५ः३० देखि साँझ ५ः३० बजेसम्म महिला र पुरूषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । यो कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति ३५० र नौ दिनका लागि ५०० शुल्क लाग्छ । प्रवेश शुल्कबाट उठेको रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको व्यवस्थापन समितिले जनाएको छ ।