
काठमाडौं, ३० कात्तिक । बर्दिया, मधुवन नगरपालिका ७ ताराताल शुक्रबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आयुश बाठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका ६ मोतिपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(६ दमौली बस्ने २८ वर्षीय प्रकाश थारू र २६ वर्षीय प्रताप थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका ११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१० बस्ने २२ वर्षीय बिरेन्द्र बहादुर ऐर र २५ वर्षीय राम बहादुर चन्द रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपर नगरपालिका ११ नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ घर भएका ५७ वर्षीय अबिलाल जैसी समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, थाहा नगरपालिका ९ चित्लाङबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ४० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका ८ तिनदोबाटो बस्ने धुलिखेल नगरपालिका(३ सञ्जिवनी चोक घर भएका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका(२ क्षेत्रपुर बस्ने सोही महानगरपालिका ११ कोल्टाँडी घर भएकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् । इलाका प्रहरी कार्यालय चित्लाङ समेतबाट खटिएको प्रहरीले गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१ ०३५ च ४५६१ नम्बरको जिप जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जिप चालक हेविन र जिपमा सवार दिव्याश्रीलाई पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम र नगद ११ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुनु विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका ९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय मिलिग्राम सहित सोही नगरपालिका ८ बस्ने २४ वर्षीय रविन लिम्बु समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आउँदै गरेको मे ९ प २१९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


