Advertisement Banner
Advertisement Banner

०७ आइतबार, मंसिर २०८३15th October 2026, 7:25:53 am

सामाजिक विकास समाजद्वारा १८ कानुनविद सम्मानित

०६ शनिबार , मंसिर २०८३१० घण्टा अगाडि

सामाजिक विकास समाजद्वारा १८ कानुनविद सम्मानित

तिहारको छेको पारेर सामाजिक विकास समाजले १८ कानुनविदहरु सम्मानित गरेको थियो । दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष ओम उप्रेतीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा समाजको उद्देश्य, आदर्श र अभियानलाई सार्थक तुल्याउन कानुनी क्षेत्रबाट अतुलनीय सहयोग, महत्वपूर्ण योगदान, निःस्वार्थ सेवा तथा संस्थागत हितप्रतिको समर्पणको मूल्याङ्कनमा सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा वरिष्ठ अधिवक्ताहरुमा  क्रमशः कृष्णप्रसाद भण्डारी, विश्वकान्त मैनाली, हरिहर दाहाल, सतिशकृष्ण खरेल, बोर्णबहादुर कार्की,  तुलसी भट्ट, मात्रिकाप्रसाद निरौला, हरिश्चन्द्र सुवेदी, प्राडा. लक्ष्मीप्रसाद मैनाली, शंकर सुवेदी, विमल सुवेदी, हरि फुयाल, केदारप्रसाद दाहाल, बाबुराम दाहाल, सतिशकुमार झा, गुरुभक्त निरौला र  रक्ष रैका मगर रहनु भएको थियो । उहाँहरुलाई प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष उप्रेती, माननीय शान्ता ढकाल, पूर्व सचिव माधव रेग्मी र पूर्व न्यायधीश युवराज सुवेदीलगायतले सम्मान गर्नु भएको थियो ।
सम्मानितहरुलाई प्रदान गरिएको सम्मानपत्र वाचन र परिचय समाजका कार्यसमिति सदस्य राधेश्याम लेकालीले गर्नु भएको सो कार्यक्रममा समाजका उपाध्यक्ष गोपालकृष्ण गडत्तौलाले स्वागत एवं कार्यक्रमको महत्वमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण समाजका महासचिव रक्ष रैका मगरले गर्नु भएको थियो ।