Advertisement Banner
Advertisement Banner

०८ आइतबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

चीनसँग कुरा गर्ने, एमसीसी कार्यान्वयन हुने

१४ बिहिबार , भाद्र २०८०३ बर्ष अगाडि

चीनसँग कुरा गर्ने, एमसीसी कार्यान्वयन हुने

चीनले चुच्चो नभएको नक्सा जारीगरेपछि सरकारले चीनसँग कूटनीतिक रुपमा वार्ता गरेर संंसदले पारित गरेको सर्वसम्मत नक्साबारे जानकारी दिने भएको छ । सञ्चार मन्त्रीले चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्‍यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ । भनेकी छिन् ।
माओवादी पार्टीभित्र र सत्तामा सामेल नेकपा स ले बिबाद झिके पनि र सडकमा बिरोध जनाए पनि सत्तारुढको सरकारले निर्णय गरेको जानकारी दिंदै सञ्चारमन्त्रीले– विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसद्‌बाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको बताइन् । संसद्‌को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन, कार्यान्वयन स्वाभाविक ढङ्गबाट हुने नै भयो ।
व्याख्यात्मक टिप्पणी के हुन्छ भन्ने सन्दर्भमा सरकार प्रवक्ताले जिब्रो चापएर बोलिन्– व्याख्यात्मक घोषणा कार्यान्वयनका सन्दर्भमा आकर्षित हुन्छ कि हुन्न भन्ने विषय प्रमुख कुरा भएको उल्लेख गर्दै उनले यसका निम्ति सरकार सचेत रहेको र व्याख्यात्मक टिप्पणीसँग मिसाएर अघि बढ्ने बताइन् ।