Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

हरि मञ्जुश्रीको प्रश्न - सगरमाथा कि माउण्ट एभरेष्ट ?

१९ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

हरि मञ्जुश्रीको प्रश्न - सगरमाथा कि माउण्ट एभरेष्ट ?

“एकजना विदेशीले सगरमाथा आरोहण गर्दा नेपालमा औसत ५० हजार अमेरिकी डलर खर्च गर्दा रहेछन् । सगरमाथाको प्रचार र आन्तरिक व्यवस्थापन राम्ररी गर्ने हो भने सगरमाथाकै कारण नेपाल समृद्ध हुने रहेछ । तैपनि नेताहरूले गरेको भ्रष्टाचारका कारण नेता धनी भए, जनता गरिब भए । नेपाललाई ऋणमाथि ऋण थपिएको छ । नेपालको पैसा नेपालका नेताहरूले विदेशी बैङ्कमा थुपारेका छन् भन्ने हल्ला छ । यसरी त देश कसरी उँभो लाग्ला खै ! नेपालीले सगरमाथालाई चिनेनछन् । इतिहास शिरोमणि बाबुराम आचार्यले ‘सगरमाथा’ नाउँ दिइसक्ता पनि अझै केही नेपालीहरू सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ लेख्न छाड्दैनन् । रोयल जोग्राफिकल सोसाइटीका सर्भेयर जर्ज एभरेस्टको नाममा सगरमाथाको नाउँ राख्नु आवश्यकै थिएन । कसैले राखे त राखे । अहिले पनि सगरमाथा शब्दको अङ्ग्रेजी अनुवाद गर्नुपर्दा माउन्ट एभरेस्ट लेख्न छाडेका छैनन् । सगरमाथालाई माउन्ट एभरेस्टको साटो सगरमाथाकै रूपमा विश्वव्यापी प्रचार गरी पर्यटन तान्ने हो र आन्तरिक व्यवस्थापन मिलाई भ्रष्टाचार नगर्ने हो भने नेपाल समृद्ध हुने थियो नि ! तर त्यसो गर्न दिँदैनन् नेताहरू । गजबको छ नेपाली नेताको मानसिकता पनि !” गफको सिलसिलामा आज एकजना शिक्षकले गुनासो गरेको सुनियो ।