Advertisement Banner
Advertisement Banner

१० बिहिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सत्तामा बसेरै नयाँ जनयुद्ध सुरु

१९ मंगलबार , भाद्र २०८०३ बर्ष अगाडि

सत्तामा बसेरै नयाँ जनयुद्ध सुरु

नयाँ क्रान्ति नथाल्ने हो भने परिवर्तन उल्टिने खतरा छ, यस पटक सरकारबाटै नयाँ जनयुद्ध सुरूआत गरेको छु ।’ भदौ १२ को प्रम तथा माओवादीकेन्द्र अध्यक्ष प्रचण्डको यो अभिब्यक्तिले तरङ्ग ल्याएको छ । प्रम तथा अध्यक्ष प्रचण्डले नयाँ क्रान्ति नथाल्ने हो भने परिवर्तन उल्टिएर देश दुर्घटनामा पर्ने खतरा देखिएकाले आफूले प्रधानमन्त्रीको रूपमा माओवादीलाई मजबुत पार्न खोजेको बताए । प्रचण्डको यो उत्साहले अनेक चर्चा सुरूभएको छ ।
माओवादी कमजोर भयो भने प्रतिक्रियावादीले के के गर्छन् भन्ने सबैले देखेका छन्, यसकारण आफू शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन अग्रसर भएको छु । ममाथि जनयुद्धकालीन ३६ वटा मुद्दा छ, माओवादी कमजोर भए अरू थपिनेछन् । हामी एकजुट भएकाले ती मुद्दा थाँती रहेका छन् । माओवादीलाई नयाँ ढङ्गले बलियो पार्न सरकारमा बसेरै नयाँ खालको जनयुद्ध थालेको हुँ ।