Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

माधव नेपाल निर्दोष

१९ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

माधव नेपाल निर्दोष

काठमाडौं । आधा भदौका दिन पोखरामा आयोजित समाजवादी मोर्चाको मञ्चबाटै प्रधानमन्त्री प्रचण्डले घोषणा गरिदिए– ललिता निवास प्रकरणमा मा अब माधव नेपाल निर्दोष सावित भइसके, टेन्सन हट्यो । सन्देश सभाको सन्देश यही थियो–  अब माधव नेपालजी माथि प्रश्न उठाउने ठाउँ रहेन । स्मरणीय छ, सीआईबीले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएको थियो, नेपाललाई साक्षीका रूपमा राखिएको छ ।
प्रधानमन्त्रीले त यतिसम्म भने कि केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको थियो, अब भने त्यस्तो षडयन्त्रको स्थिति रहेन ।’
अंकूश र प्रहार
प्रधानमन्त्रीका अनुसार एयरपोर्टबाट ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको हो । प्रधानमन्त्रीका अनुसार सेटिङ नभइ यति ठूलो मात्रामा सुन तस्करी असम्भव रहेको खुलासा गरेका छन् ।
तर सुन तस्करीमा लागेका र भगौडासँग सम्पर्कमा रहेका सरकारी अधिकारीहरूलाई किन कसैलाई काखा र कसैलाई पाखा लगाइएको हो बुझ्न सकिन्न । सरकारले तस्करी रोक्नै खोजेको हो भने सेटिङमा देखिएकाहरूलाई कडा कारवाही खोई ?