![९ लाख युवा विदेशीदा, चासो खोई ?](/_next/image?url=https%3A%2F%2Fwww.nepaltoday.com.np%2Fbackend%2Fuploads%2FFrame_25_12_5dac15dfbf.jpg&w=3840&q=75)
वर्षदिनमै वैदेशिक रोजगारीको खोजी र उच्चशिक्षा हासिल गर्न भनेर ९ लाख युवा विदेशीए । ७ सय ६१ सरकार, ८ सय ८४ सांसद, शितल निवास र प्रदेशका महाराजाहरू के हेरेर बसेका छन् । युवालाई फर्काउने, जानबाट रोक्ने विषयमा न संसद, न सांसदले चासो राखेका छन् । वैदेशिक रोजगारीबाट देश विकास हुने भए कोरिया सम्पन्न हुनेथिएन । रक्षानको भातका सिता टिपेर खाने कोरिया आज सम्पन्न भएको छ, त्यो आत्मनिर्भरताको योजना अँगालेर हो ।
विश्व बैंकको केही वर्ष अघिकै रिपोर्टअनुसार २० वर्षमै नेपाल बुढाबुढी र बालबालिकाको देश बन्ने खतरा छ भनेको थियो । एयरपोर्टमा हेर्नुपर्छ– दिनहुँ हजारौं हजार युवा विदेशीनेको लाइन बढ्दै गएको छ । विदेशी हवाई सेवा, विदेशी एजेण्ट, विदेशी कम्पनी, विदेशी विश्वविद्यालयमा नेपाली युवाहरूको भीड देखिन्छ । यो कहालीलाग्दो दृश्यले कुनै योजनाविद, समाजशास्त्री, बुद्धिजीवी, नागरिक समाज, चिन्तकहरूले चिन्ता नगर्नु भनेको देश भड्खालोतिर जाकिदैछ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । पढेलेखेका र युवाशक्ति विदेशीने, तस्कर र माफियाले देश चलाएपछि देश अग्रगमनमा गइरहेको छ कि पश्चगमनमा ?