Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, मंसिर २०८०7th August 2023, 2:55:59 pm

सुनको भाउ तोलाको १ लाख १५ हजार नाघ्यो

०१ शुक्रबार , मंसिर २०८०२० दिन अगाडि

सुनको भाउ तोलाको १ लाख १५ हजार नाघ्यो

सुनको भाउ बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन तोलामा २ हजार ३ सयले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।

गत सोमवारसम्म सुनको भाउ तोलाको १ लाख १३ हजार २ सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र बिहीवार तिहार बिदा परेकाले सुनचाँदीको मूल्य तोकिएको थिएन । तर, आज शुक्रवार एकै दिन २ हजार ३ सय रुपैयाँले बढेर तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य तोलाको १ हजार ४ सय ५० रुपैयाँ रहेको जनाईएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो । महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।