Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

अझै ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर

०३ आइतबार , मंसिर २०८०८ महिना अगाडि

अझै ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर

नेपालको कुल परिवारमध्ये ४.५ प्रतिशत शौचालयको पहुँच बाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले उक्त परिणाम देखाएको हो ।

राष्ट्रिय जनगणना २०७८ को अनुसार कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेको देखाए पनि ४.५ प्रतिशत परिवार शौचालयको पहुच भन्दा बाहिर रहेको देखाएको हो ।

राष्ट्रिय जनगणना २०६८ को अनुसार शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो भने अहिले २०७८ को तथ्यांक अनुसार ४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालय पहुँच नरहेको बताईएको छ ।

जम्मा परिवारमध्ये ९.८ प्रतिशत परिवारहरूले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५.१ प्रतिशत परिवारहरूले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको ३०.१ प्रतिशतले साधारण शौचालय र ०.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेको तथ्यांकमा पैऐएको छ ।

शौचालय नभएका परिवारहरू बागमती र गण्डकी प्रदेशमा सबैभन्दा कम १ प्रतिशत रहेको छ भने सबैभन्दा धेरै मधेस प्रदेशमा शौचालय नभएको परिवार १२ प्रतिशत देखिएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ ।