Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

महिला टी–२० सिरिजमा नेपाल तेस्रो

०३ आइतबार , मंसिर २०८०८ महिना अगाडि

महिला टी–२० सिरिजमा नेपाल तेस्रो

हङकङमा जारि चार देशीय महिला टी–२० सिरिजमा नेपाल तेस्रो बनेको छ । आज भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराउदै तेश्रो बनेको हो ।

आज हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालसंगको जवाफी ब्याटिङमा १ सय १६ रनको लक्ष्य पाएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउदा नेपालसँग पराजित हुन् पुगेको हो ।

जापानका लागि अकारी निसिमुराले २९ रन बनाइन भने हिनासी गोतोले १६ तथा अहिल्या चन्डलले ११ रन बनाएकि थिईन । जापानका अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।जापानलाई हराउन खुशी राई, संगीता राई, इन्दू बर्मा र सीता रानामगर र सोनी पाख्रिनले एक एक विकेट लिएका थिए ।

नेपालकी ओपनर पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । यस्तै रोमा थापाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् ।

यसअघि नेपालले आयोजक हङकङसँग ९ विकेटको हार ब्यहोरेको थियो भने तान्जानियासँग २७ रनले पराजित हुन् पुगेको थियो । सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएपनि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।