Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

भिपिएन र डिएनएसको प्रयोग नगर्न आग्रह

०३ आइतबार , मंसिर २०८०८ महिना अगाडि

भिपिएन र डिएनएसको प्रयोग नगर्न आग्रह

हालै सरकारले बन्द गरेको टिकटक चलाउनका लागि भिपिएन र डिएनएसको प्रयोग नगर्न आग्रह गरिएको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्रि रेखा शर्माले भिपिएन र डिएनएसको प्रयोग गरेर अवैध रुपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन उनले आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जालका धेरै विकल्प भएपनि अवैध रुपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन आग्रह गर्दै भर्चुअल प्राइभेट नेटवर्क र डोमेन नेम सिस्टम प्रयोग गरी टिकटकको प्रयोग गर्नु गैरकानुनी भएको र साइबर सुरक्षाको जोखिमलाई दृष्टिगत गरी वैकल्पिक सामाजिक सञ्जाल प्रयोग गर्न सुझाव दिईएको छ ।

सरकारको निर्णय अनुसार कानुनी रुपमा प्रतिबन्ध गरिएका सामाजिक सञ्जाल चलाउन अवैध बाटो प्रयोग गर्दा हुनसक्ने सुरक्षा जोखिम र क्षतिप्रति सचेत हुनुपर्ने पनि मन्त्रि शर्माको भनाई रहेको छ ।

त्यस्तै नेपालमा भिडियो शेयरिङ प्लेटफर्म टिकटकमाथिको प्रतिबन्धलाई प्रभावकारी बनाउन नेपाल दुरसञ्चार प्राधिकरणले काम सुरु गरेको बताएको छ । सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरणका निर्देशक विजयकुमार रायको नेतृत्वमा गठित चार सदस्यीय प्राविधिक समितिले काम सुरु गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका छन् ।