Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पृथ्वीजयन्ती राप्रपाले विविध कार्यक्रम गरि मनाउदै

२३ सोमबार , पौष २०८०२ बर्ष अगाडि

पृथ्वीजयन्ती राप्रपाले विविध कार्यक्रम गरि मनाउदै

पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक कार्यक्रम आयोजणा गर्ने भएको छ । राप्रपाले राजधानी काठमाडौँको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको हो ।

राप्रपाको उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक संघसंगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको छ । त्यसैगरी राप्रपाले सोहि दिन सिंहदरबारस्थित पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।

विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण हुने र भृकुटीमण्डपमा भेला भइ चियापान समारोहमा विशिष्ट व्यक्तिहरू सहभागी हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।  

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीले राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरिएको बताईएको छ । पार्टीले जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई जिल्ला-जिल्लामा खटाइएको पनि उनको भनाई छ ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा देशभर पृथ्वीजयन्तीलाई एकता दिवस उत्सवका रूपमा मनाउन मूल समारोह समिति समेत गठन गरिएको बताईएको छ ।