Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शेख हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने

२३ सोमबार , पौष २०८०२ बर्ष अगाडि

शेख हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने

बंगलादेशको संसदीय निर्वाचनमा बंगलादेश अवामी लिग पार्टीले दुई तिहाइ सिटमा जित हासिल गरेसंगै शेख हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा जित हासिल गरेसंगै शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी हुन् ।

बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले दुई तिहाइ जित हासिल गरेको छ । ३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको बताईएको छ ।

पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले भने यो निर्वाचनलाई देखावटी भन्दै बहिस्कार गरेको थियो । यता निर्वाचन आयोगका प्रवक्ताले ३०० मध्ये २९९ सिटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र मत परिणाम अनुसार अवामी लिगको सरकार बन्ने निश्चित भएको बताईएको छ ।

शेख हसिनाले गोपालगञ्ज-३ बाट २ लाख ४९ हजार ९६५ मत सहित शानदार जित हासिल गरेकी छन् । उनको निकटतम प्रतिस्पर्धी बंगलादेश सुप्रिम पार्टीका एम निजाम उद्दीनले ४६९ भोट मात्र पाएका थिए ।

शेख हसिनाले गोपालगञ्जबाट सन् १९८६ देखि आठ पटकसम्म चुनाव जित्दै बंगलादेशको सत्तामा सन् २००९ देखि निरन्तरता दिदै आएकी छन् । यसपटक प्रमुख प्रतिपक्षी दल बीएनपीले बहिस्कार गरेपछि हसिनाको पार्टी अवामी लिगले एकलौटी जित हात पारेको र चौथो कार्यकालका लागि प्रधानमन्त्री हुने पक्कापक्की भएको हो ।