Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

ग्रेटर नेपालका १८ माँग : फणिन्द्र नेपाल

१३ सोमबार , पौष २०७२११ बर्ष अगाडि

सुगौली सन्धि भएको दिन नेपालका लागि कालो दिन हो। यो दिन नेपालले कहिले बिर्सन सक्दैन। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणिन्द्र नेपालले यस कालो दिनको सम्झना गर्दै सरकारसामु १८ माग अघिसारेका छन्।
१) सुगौली सन्धिपूर्वको सिमाना कायम गर्न नेपाल–भारत सन्धिको धारा ८ कार्यान्वयन गर्न भारतसाग अविलम्ब वार्ता गरियोस्। २) उत्तरी नाकाहरु जोड्ने सडक निर्माण गर्ने नेपाली सेनालाई जिम्मेवारी दिइयोस्। रसूवागढी नाका २ वर्षमा होइन ६

महिनाभित्र स्तरोन्नति हुने गरी सम्पन्न गर्न समय सिमा तोकियोस्।
३) यूवाहरुको विदेश पलायन रोक्न परियोजना नै धितो रहने गरी उनीहरुलाई ऋण सूबिधा उपलब्ध गराइयोस्।
४) चीनको व्यापक सडक संजालमा आबद्ध हूने गरी चीनसाग व्यापार तथा पारवहन सन्धि गरियोस्।
५) बिजूली आयात गर्न चीनसाग बिद्यूत व्यापार सम्झौता गरियोस्।
६) नेपालभित्र विभिन्न समयमा बााडिएका नागरिकता छानबिन गर्न उच्चस्तरीय नागरिकता उजुरी छानबिन आयोग गठन गरियोस्।
७) तराईमा बसोबास गर्ने आदिवासीहरुलाई भारतीय आप्रवासीहरुबाट बचाउन राज्यस्तरमै वैज्ञानिक संयन्त्रको विकास गरियोस्।
८) भाडाका सिपाहीका रुपमा भारत र बेलायतमा काम गरिरहेका यूवाहरुलाई नेपाली सेनामा समायोजन गरी गोर्खा भर्ती सदाका निम्ति बन्द गरियोस्।
९) तराई आन्दोलनका क्रममा सीमाको दूरुपयोग गरिएको हुादा नेपाल–भारत बिचको खूल्ला सिमाना बन्द गरियोस्।
१०) राष्ट्रिय सूरक्षालाई ध्यानमा राखी नेपालमा काम गर्ने विदेशीहरुलाई 'कार्यअनुमतिपत्र' अनिवार्य गरियोस्।
११) चीनसाग रक्षा सन्धि गरियोस्।
१२) एकआपसमा विश्वास अभिवृद्धि गर्नअविलम्ब चीनसाग शान्ति तथा मैत्री सन्धि गरियोस्। १३) संघीयता स्थगन गरी स्थानीय निकायको निर्वाचन गरियोस्।
१४) तराईको शतप्रतिशत जमिन सिंचाइ गर्ने गरी परियोजना सूरु गरियोस्।
१५) भारत र चीनमा छोरा–छोरी पढाउने सरकारी अधिकारी र सूरक्षा निकायका अधिकृतहरुलाई सेवाबाट हटाइयोस्।
१६) कूटनीतिक आचारसंहिता नमान्ने भारतीय राजदूतलाई अवाञ्छित व्यक्ति घोषणा गरी फिर्ता पठाइयोस्।
१७) भारतीय नाकाबन्दीको अन्तराष्ट्रियकरण गर्न विलम्ब नगरियोस्।
१८) नाकाबन्दीका कारण कलकत्ता बन्दरगाहमा रोकिएका नेपाली व्यापारीका कन्टेनरको बिलम्ब शूल्क र समग्र आर्थिक नोक्सानी भारतलाई भराइयोस्।