Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

०९ मंगलबार , माघ २०८०२ बर्ष अगाडि

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रियसभाको १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो ।

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचनका लागि प्रदेशसभाका सदस्य, गाउँपालिका र नगरपालिकाकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचन माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।

मतदान सम्बन्धित प्रदेशको तोकिएका स्थल तथा मतदान केन्द्रमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण हुने बताईएको छ । सोमबार बेलुकी १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम गर्दै आचारसंहिता पालना गर्न निर्वाचन आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी लगायतका कार्यहरु गर्न नहुने बताएको छ ।

निर्वाचनका लागि प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्नको व्यवस्था गरेको बताईएको छ । साथै,निर्वाचक मण्डलका लागि प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहने व्यवस्था गरेको छ ।