Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाली काँग्रेसले ७८ औँ स्थापना दिवस मनाउँदै

१२ शुक्रबार , माघ २०८०२ बर्ष अगाडि

नेपाली काँग्रेसले ७८ औँ स्थापना दिवस मनाउँदै

नेपाली काँग्रेसले ७८ औँ स्थापना दिवस मनाउन तयारी गरेको छ । वि.सं. २००३ सालमा आजकै दिन नेपाली काँग्रेसले प्रथम अधिवेशन गरेको सम्झनामा स्थापना दिवस मनाउन लागेको हो ।

काँग्रेसले तत्कालीन नेपाली राष्ट्रिय काँग्रेसले पहिलो अधिवेशन भएको मितिका आधारमा आज देशभर ७८ औँ पार्टी स्थापना दिवस मनाउन लागेको बताएको छ । वि.सं. २००३ माघ १२ गतेका दिन नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको थियो ।

माघ १२ गतेलाई काँग्रेसले हरेक वर्ष स्थापना दिवसको रुपमा मनाउने गरेको छ । त्यसै सन्दर्भमा पार्टीले आज ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयसहित सात वटै प्रदेश र जिल्ला कार्यालयहरूमा विभिन्न कार्यक्रमको आयोजना गरि ७८ औँ स्थापना दिवस मनाउने तयारि गरेको छ ।