Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन

२१ आइतबार , माघ २०८०२ बर्ष अगाडि

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन

आगामी फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन गर्ने तयारी थालिएको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिने भएपछि उक्त तयारी थालिएकाे हाे ।

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तयारी गरेको बताइएकाे छ । राष्ट्रिय सभाका अध्यक्ष लगायत २० जनाकाे पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको हाे ।

राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ भने उक्त सदस्य पदपूर्तिका लागि माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् ।

एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि नेकपा माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी नेपाली कांग्रेसले दोस्रो र नकपा एमाले भने १० सदस्यसहित तेस्रो स्थानमा छ ।

संघिय संसदकाे सचिवालयले प्रकाशित गरेको कार्यसूचीअनुसार भोलिदेखि संसद्को हिउँदे अधिवेशन सुरू हुने छ भने फागुन २७ गते रष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिती र समय निर्धारण गरिने बताइएकाे छ ।