Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रतिनिधिसभाको फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत

२३ मंगलबार , माघ २०८०२ बर्ष अगाडि

प्रतिनिधिसभाको फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत

आगामी फागुन १५ गतेसमको प्रतिनिधिसभा बैठक सञ्चालन गर्न क्यालेन्डर स्वीकृत भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ २२ गतेदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको हिउदे अधिवेशन सुरु भएसंगै फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएको हो । क्यालेन्डर स्वीकृत भएसंगै सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताएका छन् ।

यसअघिएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई लिएर धेरै प्रश्नहरु उठेपछी ती उठेका सबै प्रश्नको समेत जवाफ दिने गरी आगामी अधिवेशनलाई परिणाममुखी बनाउन सभामुख घिमिरेले अपिल पनि गरेका छन् । साथै, स्वीकृत कार्यतालिकाअनुसार अब प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने बताईएको छ ।

फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएसंगै सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको समेत बताईएको छ । 

यसअघि सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको टिप्पणी हुन थालेपछि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्ने गरि तयारी गरिएको र बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताईएको छ ।