Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सेनालाई रोक्न ठूलै खेल, जालझेल

२३ मंगलबार , माघ २०८०६ महिना अगाडि

सेनालाई रोक्न ठूलै खेल, जालझेल

काठमाडौं । सरकारले सेनालाई चाहिने र स्कूल, कलेजको ड्रेसका लागि समेत उत्पादन गर्न सकिने कपडाका लागि नेपाली सेनालाई हेटौंडा कपडा उद्योग चलाउन जिम्मा दिने निर्णय गरेपछि सेनाले एक अर्ब ९३ करोड लागतको प्रस्ताव गरेको छ । स्वयम् सेनाको कल्याणकारी कोषमा खरवौं रकम पनि छ । यो उद्योग २०३२ सालमा चीन सरकारले उपहारमा बनाइदिएको थियो, २०५९ सालदेखि उद्योग बन्द रहेको छ । नेपाली सेनाले चाहे यो उद्योग पुनः सञ्चालन हुनसक्छ ।
तर, यो उद्योगको साइनबोर्डबाहेक केही काम लाग्ने छैन, यसकारण यो उद्योग सञ्चालन गर्नु लगानी खेर फाल्नु हो भन्ने भाष्य तैयार गरेर कुप्रचार गरिदैछ । नेपाली सेनाले सञ्चालन गर्दा भूतपूर्व सैनिक प्राविधिक र तिनका परिवारले मात्र होइन, आमनागरिकले समेत रोजगारी पाउने र नेपालमा खपत हुने लत्ताकपडा नेपालमै उत्पादन हुँदा आत्मनिर्भरता र आर्थिक रूपमा बल मिल्ने पक्का छ ।
एक अध्ययनले यो उद्योगका मेसिनरीसमेत मर्मत हुनसक्ने र केही सहयोग चीनबाट समेत प्राप्त हुने अनुमान गरिएको छ । १६६ रोपनीमा रहेको यो उद्योग सेनाले सञ्चालन गर्न नहुने कुप्रचार किन भइरहेको छ, बुझ्न सकिन्छ ।
कपडा उद्योग सञ्चालन हुनु, कच्चापदार्थ नेपालमै उपलब्ध रहेको र बजारको कुनै समस्या नरहेकाले यो उद्योग सञ्चालन हुँदा लाभैलाभमात्र देखिन्छ । सेनाको तैयारी अनुसार अर्को वर्षसम्म मर्मत र मेसिनरी थप गर्ने र २ वर्षभित्र उद्योग पूर्ण क्षमतामा चलाउन सकिने योजनासमेत रहेको स्थितिमा यो उद्योग सेनाले चलाउन हुन्न, चलाउन किन दिने ? भन्नेजस्ता अनर्गल प्रचारबाजी हुनु दुःखद छ । कार्यदलका अनुसार मुनाफामा जान ९ वर्ष पनि नलाग्ने भनिएको छ ।
सेनालाई कपडा उद्योग चलाउन दिने योजना, लगानी, लक्ष्य, बजार सबै कुरा सुनिसकेपछि प्रधानमन्त्रीले सेनासँग पनि अन्तरक्रिया गर्ने जनाएका छन् । यद्यपि कपडा उद्योग चलाउँदा भारतीय उत्पादनको खपत घट्ने हुँद सेनालाई उद्योग चलाउन दिन नहुने प्रचारबाजी जोडतोडले हुनथालेको देखिदैछ ।