Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

१९ राजनीतिक दललाई नाम परिवर्तन गर्न आयोगको निर्देशन

०४ शुक्रबार , फाल्गुण २०८०३ बर्ष अगाडि

१९ राजनीतिक दललाई नाम परिवर्तन गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । आयोगमा दर्ता कायम रहेका १९ दललाई संविधान र ऐनको मर्म भावनाअनुरूप नभएकाले नाम परिवर्तन गर्न निर्देशन दिएको हो ।

आयोगको फागुन ३ गते बसेको पदाधिकारी बैठकले १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् । संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरिएको छ ।

प्रमुख भट्टराईले संविधान र ऐनको भावनाविपरीत दर्ता भएका दलहरूलाई नाम परिवर्तन गर्न जानकारी गराउने निर्णय भएको बताउदै आयोगले ऐनविपरीत नाम हुने दललाई छुट्टाछुट्टै पत्राचार गरी निश्चित समय दिएर नाम परिवर्तन गर्न जानकारी गराउने बताएका छन् । संविधान जारी भए पश्चात राजनीतिक दलसम्बन्धी ऐन भने २०७३ बमोजिम आयोगले दल दर्ताका लागि आह्वान गर्दा आयोगमा दर्ता कायम दलले पुनः दर्ता गराएका थिए ।

त्यसैगरी आयोगले ४१ राजनीतिक दललाई खारेजको प्रक्रियामा लाने भएको छ । दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक नगरेका ती दललाई जरिवाना तोकेकोमा जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा लाने भएको हो ।

आयोगको उक्त ४१ दललाई अन्तिम पटकलाई भनेर एक पटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेजी प्रक्रिया अगाडि बढाउने निर्णय भएको महाशाखा प्रमुख भट्टराईले बताएका छन् ।