Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एमालेद्धारा प्रधानमन्त्रीसँग तीन मन्त्रीलाई पदमुक्त गर्न माग

०७ सोमबार , फाल्गुण २०८०२ बर्ष अगाडि

एमालेद्धारा प्रधानमन्त्रीसँग तीन मन्त्रीलाई पदमुक्त गर्न माग

नेकपा एमालेले तीन मन्त्रीलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । आईतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर एमाले सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।

प्रमुख प्रतिपक्षी समेत रहेको एमालेक बर्तौलाले मन्त्री ज्वाला बालकुमारी घटना, मन्त्री किराती रामग्राम स्तुप क्षेत्रको जग्गा लिज प्रकरण र मन्त्री बस्नेत टेरामक्स खरिद प्रकरणमा मुछिएका कारण उनीहरूले राजीनामा दिनुपर्ने माग गरेका थिए । उनले मन्त्रीको राजीनामा माग गरेपछि एमाले सांसदहरू आआफ्नो सिटबाट उठेको र सभामुख देवराज घिमिरेले यस विषयमा सरकारको ध्यानकर्षण गराउने भनेपछि उनीहरू बसेको बताईएको छ ।  

सचेतक बर्तौलाले २०८० पुस १३ गते बालकुमारीमा कोरियाली भाषा परीक्षा विवादमा प्रहरीले गोली चलाउँदा दुई युवकको मृत्यु भएको घटनामा मन्त्री ज्वाला दोषी भएको प्रतिवेदन सरकारी टोलीले ने तयार पारेको भन्दै उनलाई तत्काल बर्खास्त गर्न माग गरेका थिए । बालकुमारीमा प्रदर्शन भइरहेका बेला मन्त्री ज्वाला झन्डावाल गाडीसहित त्यहाँ पुगेको र स्थिति तनावग्रस्त बनेपछी प्रहरीले चलाएको गोली लागेर वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो ।

उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको लापरबाहीका कारण दुईजनाको ज्यान गएकाले दोषी मन्त्रीलाई पदमुक्त गर्न माग गरिएको हो । साथै,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उक्त घटनामा दोषी भनिएका मन्त्रीलाई कारबाहीको माग गरेका थिए ।