Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राप्रपाद्धारा ४० बुँदे माग सहित चरणबद्ध आन्दोलन सुरु

०९ बुधबार , फाल्गुण २०८०३ बर्ष अगाडि

राप्रपाद्धारा ४० बुँदे माग सहित चरणबद्ध आन्दोलन सुरु

आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारसँग ४० बुँदे माग राख्दै चरणबद्ध आन्दोलन सुरु गर्ने भएको छ । राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर आन्दोलन सुरु गर्ने भएको हो ।

राप्रपाले आज राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्य तय भएको पनि उनले बताएका छन् ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको बताएको छ ।

आज राप्रपाले दिउँसो १२:३० बजे भृकुटीमण्डपबाट र्‍याली निकाल्ने र उक्त र्‍याली भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुग्ने, भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने र उक्त सभालाई अध्यक्ष लिङ्देन लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।