Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मन्त्रीको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन

१० बिहिबार , फाल्गुण २०८०३ बर्ष अगाडि

मन्त्रीको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै अनेरास्ववियुका कार्यकर्ताले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडिबाट ड्रमर, थाल बजाएर प्रदर्शन गरेका हुन् ।

ललितपुरको बालकुमारी घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने माग सर्वत्र उठेको छ । काठमाडौंको मिनभवनस्थित कमर्स क्याम्पसमा मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले पुत्ला दहन समेत गरेको बताईएको छ ।

बालकुमारी घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो । बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका मन्त्री ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै उनको चौतर्फी विरोध भइरहेको छ ।

यता प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुले तीन मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा रास्वपालगायत प्रतिपक्षी दलका सांसदहरुले विवादमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिए सदन अवरुद्ध बनाउने चेतावनी दिएका हुन् ।