Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

विश्वासको मतको विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप जारी

२८ सोमबार , फाल्गुण २०८०३ बर्ष अगाडि

विश्वासको मतको विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप जारी

सत्ता गठबन्धनको खटपट पछी प्रमुख प्रतिपक्ष दल बनेको नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

काँग्रेसका सांसदहरुलाई फागुन ३० को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन गर्दै प्रमुख सचेतक लेखकले विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । यसअघि नेकपा एमाले, रास्वपा, नेकपा एस र जसपाको नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको काँग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ । सोहिअनुसार काँग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यहि फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई पत्र पठाएका थिए ।