Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

दिउँसो एमाले संसदीय दलको बैठक बस्ने

२९ मंगलबार , फाल्गुण २०८०३ बर्ष अगाडि

दिउँसो एमाले संसदीय दलको बैठक बस्ने

आज दिउँसो ३ बजे नेकपा एमाले संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने भएको छ । नयाँ सत्ता गठबन्धन बनेसंगै आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गर्ने बैठक बस्न लागेको हो ।  

सत्ता गठबन्धन टुटेपछी कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र भोलि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी रहेकाले एमालेले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गर्ने बैठक बोलाईएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन गरि सरकार पुनर्गठन गरेको छ । गठबन्धन दलले समर्थन फिर्ता लिए पछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग सहकार्य गरेका थिए । अहिले फेरी कांग्रेससंगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुनः नेकपा एमाले लगायत रस्वपा, नेकपा एस र जसपाको गठबन्धनमा मन्त्रीमण्डल बनेको छ ।