Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

एसईई परीक्षालाई मध्यनजर गर्दै राप्रपाको प्रदर्शन सर्‍यो

२९ मंगलबार , फाल्गुण २०८०३ बर्ष अगाडि

एसईई परीक्षालाई मध्यनजर गर्दै राप्रपाको प्रदर्शन सर्‍यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० बुँदे माग सहित जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको निर्णयको मिति परिवर्तन भएको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले चैत १६ गतेको जनप्रदर्शनलाई २७ गतेका लागि सारेको हो ।

राप्रपाले सरकारलाई दबाब दिन भन्दै तय गरेको प्रदर्शनको समयमा एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी, अभिभावकलाई असुविधा पर्ने भन्दै जनप्रदर्शनको मिति सारेको बताएको छ । सोहि अनुसार पार्टीले चैत १६ गतेका लागि तय भएको प्रदर्शन २७ गतेका लागि सारेको छ ।

राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णयको मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको  राप्रपाद्धारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।