Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सवारी दुर्घटना न्यूनीकरणका लागि क्यालेण्डर बनाएर काम गर्न माग

०२ शुक्रबार , चैत्र २०८०३ बर्ष अगाडि

सवारी दुर्घटना न्यूनीकरणका लागि क्यालेण्डर बनाएर काम गर्न माग

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि क्यालेण्डर बनाएर काम गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद किरातीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

सांसद किरातीले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन रणनीति बनाउनुपर्ने बताउदै क्यालेण्डर नै तयार गरेर दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्ने बताएका थिए ।

उनले सवारी दुर्घटनामा एकजना मान्छे जीवनभरी घाईते हुँदा राष्ट्रलाई क्षेती पुग्ने भएकाले यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन रणनीति निर्माण गरी दुर्घटना न्यूनीकरणको लागि क्यालेण्डर तयार गरेर जानुपर्ने माग गरेका थिए ।

पूर्व मन्त्री समेत रहेका माओवादी सांसद किरातीले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्यूनीकरणका लागि ध्यान पुर्‍याउन नसकेकाले अब दुर्घटना न्यूनीकरणको लागि क्यालेण्डर नै बनाएर काम गर्न आवस्यक रहेको बताए ।