Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महाधिवेशनको तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

०६ मंगलबार , चैत्र २०८०२ बर्ष अगाडि

महाधिवेशनको तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न अध्यक्ष माधवकुमार नेपालले पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन् ।

जनताको निराशालाई सम्बोधन गर्न आवश्यक राजनीतिक पहलकदमी लिँदै कुनै पनि अन्योलमा नपरी संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित हुन् आवश्यक रहेको बताउदै अध्यक्ष नेपालले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गर्न निर्देशन दिएका छन् ।

आगामी महाधिवेशनको लागि अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी लगायत विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको बताईएको छ ।    

महाधिवेशनको तयारीमा जुटेको पार्टीले मुलुकभर सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राख्दै राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदन लेखन कार्य ९० प्रतिशत सम्पन्न गरेको बताएको छ । साथै, महाधिवेशन केन्द्रित दुई महिने अभियान चैत २५ गतेसम्म चल्नेछ ।  

पार्टीले पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समीक्षा गर्दै ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरि पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।