Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सरकारी सेवामा ‘टाइम कार्ड’ लागु हुने

०७ बुधबार , चैत्र २०८०३ बर्ष अगाडि

सरकारी सेवामा ‘टाइम कार्ड’ लागु हुने

नयाँ सत्ता गठबन्धनको पाँच राजनीतिक दलहरूले सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने साझा संकल्प गरेका छन् । 

गठबन्धन दलले हिजो सार्वजनिक गरेको संकल्पमा कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिकालाई परिमार्जन गर्दै प्रमुख पदमा बहाल कर्मचारीहरूसँग वस्तुनिष्ठ मूल्यांकन र मापनयोग्य परिसूचकहरूका आधारमा कार्यसम्पादन सम्झौता गर्ने संकल्प गरेका हुन् ।

दलहरूले राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने, फरक-फरक कार्यालयमा नागरिकतालगायत कागजात पटक-पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत् सबै प्रकारको सेवा उपलब्ध गराउने र सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने संकल्प गरेको बताईएको छ ।

सार्वजनिक खरिद प्रक्रियामा उच्चतम दक्षता र सदाचार सुनिश्चित गरि आवश्यक कानुनी र संस्थागत सुधार गर्दै र अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने घोषण गरिएको छ ।