Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

काँग्रेसद्धारा छानविन समिति गठन गर्न माग

०७ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

काँग्रेसद्धारा छानविन समिति गठन गर्न माग

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएकाले छानविन गर्न संसदीय समिति गठन गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले माग गरेको छ । आजको तिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय छानविन समिति बनाउन माग गरेकी हुन् ।

प्रमुख प्रतिपक्ष तथा नेपाली काँग्रेसकी सांसद न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताउदै उनले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गर्ने र त्यो अवरोध सरकारले नै गरेको हुने उनको भनाई थियो। ।

संसद न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको आरोप लगाउदै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन् । उनले प्रधानमन्त्रीले पीडितप्रति बेइमानी र घात गरेर कानूनप्रतिको खेलवाड गरेको भन्दै गृहमन्त्रीको बचाउ गरेर प्रतिपक्षलाई सदन अवरुद्ध गरोस हामी सत्ता हाँकिरहन्छौँ भनेर च्यालेन्ज दिनु त्यो कदापि पनि हुन नसक्ने बताईन ।  

उनले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताएकि छन् । संसद न्यौपानेले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद् अवरोध गरे सरकार नचल्ने समेत बताएकि छन् ।