Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

उपनिर्वाचनमा उम्मेदवार उठाउने माओवादीको निर्णय

१४ बुधबार , चैत्र २०८०३ बर्ष अगाडि

उपनिर्वाचनमा उम्मेदवार उठाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) ले आगामी बैशाख १५ गते हुने निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा १ (१)को उपनिर्वाचनको लागि माओवादीले आफ्नै पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको हो ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको बताईएको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाम र बझाङमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताउदै उम्मेदवारको नाम छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताएका छन् ।

त्यसैगरी प्रतिनिधिसभा अन्तर्गत इलाम–२ नेकपा एमालेले दिवंगत नेता नेम्वाङको योगदानको कदरसँगै पहिचानको मत पनि आउने गरी दिवंगत नेता नेम्वाङकै कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । उक्त निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव हुन् ।

त्यसैगरी बझाङको प्रदेश सभा १ (१) मा प्रदेश सभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएपछी खालि रहेको स्थानमा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको बताईएको छ ।