Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

अव राष्ट्रिय सरकार गठन गरौ

०४ सोमबार , माघ २०७२११ बर्ष अगाडि

हाने, प्रचण्डले तुरुप हाने– अव राष्ट्रिय सरकार गठन गरौं। केही समयदेखि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइरहेका प्रचण्डले ओली नेतृत्वको सरकारले पुननिर्माण महाभियान र संविधान कार्यान्वयन गर्न सफल नहुने मनको आशंका यसरी सार्वजनिक गर्दै ओली फाल्ने अभियान थाले।
देशको अवस्था, संविधान कार्यान्वयन, संशोधन, भूकम्पकोक्षतिको पुननिर्माण, स्थिरता र विश्वासको वातावरण निर्माण गर्न राष्ट्रिय सरकारको आवश्यक छ। प्रचण्डको कैलाली भाषणले एमालेभित्र ठूलै भुइँचालो गएको छ। यद्यपि राष्ट्रिय सरकारको माग एमाले नेता झलनाथ खनालले काठमाडौंदेखि इलामसम्म पुगेर गरिसकेका छन्। अर्का एमाले बरिष्ठ नेता माधवकुमार नेपालले त बढी हल्ला गरेर सरकार बन्यो, हल्ला अनुसार काम भएन भनेर ओलीको कडा आलोचना गरिरहेकै छन्। कांग्रेस महाधिवेशनमा जुटेकाले सरकार परिवर्तनको गति रोकिएको छ। आजदेखि सरकारको हनिमुन पनि सकियो, राष्ट्रिय सरकार गठनको अभियान प्रचण्डले नै थालेका छन्।