Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

सिंहदरवारभित्रै क्रिश्चियन मन्त्रालय

०४ सोमबार , माघ २०७२११ बर्ष अगाडि

मन्त्री एकनाथ ढकालले शान्ति तथा पुननिर्माण मन्त्रालयमा बसेरै क्रिश्चियन धर्म प्रचार गर्न थालेका छन्। पाष्टरहरुको भीड र पाष्टरहरुसँग बैठक गरेर क्रिश्चियन संगठन बिस्तारमा लागेका मन्त्री एकनाथले बिरोधी कर्मचारीले सुन्नेगरी सचिवसँग बिबाद गर्दै चर्को स्वरमा हपार्दै भनेछन्– अवको चुनावमा जीत हाम्रो हुन्छ, सरकारको नेतृत्व पनि हाम्रै हुन्छ।
हुन पनि घरघर पुगेका, टोलटोल, गाउँ गाउँमा खुलेका चर्चहरु हेर्दा र तिनको संगठन र पश्चिमाको डलर सहयोग हेर्दा लाग्छ हिन्दूराष्ट्रबाट धर्म निरपेक्ष बनेको नेपाल अवको चुनावपछि क्रिश्चियन कन्ट्रीका रुपमा देखिने छ। प्रत्येक दलभित्र चर्चा सुरु भइसक्यो, अव पार्टी पार्टीको गठबन्धनले चुनाव जितिन्न, क्रिश्चियन चर्चहरुको महासंघको समर्थन र सहयोगले मात्र चुनाव जितिन्छ। क्रिश्चियन नारा अवको चुनावको मुख्य मुद्दा बन्नेवाला छ। एकनाथ ढकाल तिनै व्यक्ति हुन्, जसलाई क्रिश्चियन धर्म प्रचारका लागि विदेशी डलरको ओइरो लाग्ने गरेको आरोप लागेको छ। एमालेका केही नेताले नै आरोप लगाएका छन्– एक करोड एमाले पार्टीलाई बुझाएर नेपाल परिवार दलका समानुपातिक सभासद एकनाथ मन्त्रीनाथ बनेका हुन्।