Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री

१९ सोमबार , चैत्र २०८०३ बर्ष अगाडि

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री

गत फागुन २३ गते बागमती प्रदेशमा नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मत लिने भएसंगै प्रदेश सभा भवन, हेटौडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्रीले ११० सदस्यीय प्रदेशसभामा ५६ मत जुटाए मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएर विश्वासको मत लिने भएका हुन् ।

प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य छन् । केन्द्रमा आएको सत्ता गठबन्धन परिवर्तन पछी त्यसको असर प्रदेश सरकारमा समेत परेको छ ।