Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

नेपालले बुद्धको महत्व बुझेन

०४ सोमबार , माघ २०७२११ बर्ष अगाडि

मन्त्रीलाई अर्थात नेपाल सरकारलाई सामुन्ने राखेर बौद्ध गुरु तोक्वोचे मोनास्टी (औतारी लामा) ले गौतम बुद्धलाई संसारले चिन्यो, महत्व दियो तर बुद्धको जन्मथलो नेपालले न बुद्धलाई चिन्यो, न महत्व दियो भनेर चित्त दुखाए। नेपाल सरकारले बुद्धलाई दिनुपर्नेजति महत्व नदिएकाले बुद्धबारेमा अझै विश्वका कतिपय क्षेत्रमा भ्रम फैलाउने काम भइरहेको उनको दावी छ।
उपस्थित रहेका मन्त्री आनन्दप्रसाद पोखरेलले आइन्दा त्यस्तो नहुने र सरकारले दिनुपर्नेजति प्राथमिकता दिन्छ भनेर औतारी लामालाई आश्वस्त पार्न सकेनन्। एकहप्तासम्म धार्मिक र प्राज्ञिक रुपमा चल्ने बुद्धजयन्तीमा लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन गरी २५६०औं बुद्धजयन्ती मनाउने तैयारी हेर्न लुम्बिनी पुगेका संस्कृति, पर्यटनमन्त्री हावादारी भाषण गरेर फर्किएका छन्। हुन त प्रधानमन्त्री नै अपत्यारिलो भाषण गरिरहेका छन् भने उनका टिमका खेलाडीले खेल्ने हो, काम गर्ने हो र? यस्तो छ जनप्रतिक्रिया।
बुद्ध अनुयायीहरुले अहिले पनि कतिपय मुलुकलाई बुद्ध भारतमा जन्मेको भ्रम छ, पाठ्यपुस्तकमा त्यही पढाइन्छ, यसलाई रोक्ने सोच छ कि छैन भनेर प्रश्न गर्दा मन्त्री पोखरेलले राजदूत र दूतावासमार्फत स्पष्ट पारिने बचन त थिए तर अहिलेसम्म संस्कृति, पर्यटन मन्त्रालयले परराष्ट्रलाई यसबारे जानकारीसम्म पनि गराएको छैन। लुम्बिनी विश्वविदालयका उपकूलपछि छन् डा. नरेशमान बज्राचार्य। उनले समेत बुद्धजयन्ती र बुद्धको प्रचारबारे विश्वविद्यालयले के गरिरहेको छ भन्ने विषयमा कुनै ठोस कार्यक्रम, योजनाका बारेमा बताउन सकेनन्।
बुद्धका नाममा बोधीबृक्ष काटेर पिर्का बनाएर विदेशमा लगी डलरमा बेच्नेहरु अहिले पनि बुद्धको नामलाई भजाएर विदेश घुमिरहेका छन्, डलर कमाइरहेका छन्। त्यस्ता तत्वलाई रोक्ने सरकारसाग कुनै योजना देखिदैन।