Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिए

२१ बुधबार , चैत्र २०८०४ महिना अगाडि

गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिए

गण्डकी प्रदेश सरकारमा समर्थन दिएको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रीय सत्ता गठबन्धनमा आएको परिवर्तन संगै त्यसको असर प्रदेश सरकारहरुमा समेत परेको छ । सोहि परिवर्तनसंगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख भट्टसमक्ष राजीनामा दिएका हुन् ।

यसअघि गत फागुन २३ गते माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे अल्पमतमा परेका थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो । तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई आज राजीनामा दिएका हुन् ।

त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने बताईएको छ । मंगलबार बसेको दलको बैठकले उक्त निर्णय गरेको हो । यसअघि बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गत शुक्रबार प्रदेश सभामा दोस्रो पटक विश्वासको मत पाएका थिए ।