Advertisement Banner
Advertisement Banner

२४ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

नयाँ सरकार गठनका लागि लुम्बिनीमा महराले दाबी पेश गरे

२३ शुक्रबार , चैत्र २०८०२ बर्ष अगाडि

नयाँ सरकार गठनका लागि लुम्बिनीमा महराले दाबी पेश गरे

हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछी खालि भएको मुख्यमन्त्री लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेश गरेका छन् । महराले आफ्नो पक्षमा गठबन्धन दलका ४४ जना सांसदहरूको हस्ताक्षर सहित मुख्यमन्त्री लागि दाबी पेश गरेका हुन् ।

नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरेसहित पुगेका महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेको बताईएको छ । महरा रोल्पाबाट निर्वाचित सांसद हुन् ।

यसअघि मुख्यमन्त्री लिला गिरीको नेतृत्वको सरकारमा तीन महिना अर्थमन्त्री भएका महराले आफ्नो पक्षमा गठबन्धन दलका ४४ जना सांसदहरूको हस्ताक्षर बुझाउदै लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबि गरेका हुन् । जसमा नेकपा एमालेका २९,माओवादीका १०,जसपाका ३,एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेको बताईएको छ ।

लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।