Advertisement Banner
Advertisement Banner

१८ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

उपनिर्वाचनका लागि बझाङ र ईलाममा उम्मेदवारी दर्ता

२५ आइतबार , चैत्र २०८०२ बर्ष अगाडि

उपनिर्वाचनका लागि बझाङ र ईलाममा उम्मेदवारी दर्ता

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा क र इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारले उम्मेदवारी दिएका छन् । उक्त हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभाका लागि १२ र इलाम क्षेत्र नम्बर २ का लागि २० जनाले उम्मेदवारी दिएका हुन् ।  

बझाङमा उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री रहेका छन् ।

त्यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा,सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का,नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही,जनमत पार्टीबाट सुशीला विष्ट,नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी परेको छ ।

उपनिर्वाचनका लागि चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने,अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।