Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आज लुम्बिनीका मुख्यमन्त्रीले शपथ लिने

२५ आइतबार , चैत्र २०८०४ महिना अगाडि

आज लुम्बिनीका मुख्यमन्त्रीले शपथ लिने

आज लुम्बिनी प्रदेशक नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिने भएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने २ बजे मुख्यमन्त्री महराले शपथ लिने भएका हुन् ।  

यसअघि नेपाली काँग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि शुक्रबार माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महराले मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । महराले सत्ता साझेदारबाट एक–एक जना समेटेर आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् भने सत्ता साझेदार दलहरुले भने सरकारमा कसलाई पठाउने भन्ने निर्णय गरि नसकेको बताइएको छ ।