Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सिंहदरबार अगाडी नेविसंघको प्रदर्शन

२५ आइतबार , चैत्र २०८०४ महिना अगाडि

सिंहदरबार अगाडी नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गरेको छ । नेविसंघले कार्यालय समय सुरु हुनासाथ प्रदर्शन शुरु गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले गरेको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् ।

यसअघि गएको चैत ५ गते पशुपति क्याम्पस नेविसंघका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए भने त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

सहकारीको रकम हिनामिना लगायतमा नाम मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ । त्यस्तै नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै अईरहेको छ ।