Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस

२५ आइतबार , चैत्र २०८०४ महिना अगाडि

गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । अधिकारीले प्रदेशसभाका ३१ सदस्यको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेशसभा संसदीय दलका नेता अधिकारीले प्रदेशसभाका ३१ सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिएका छन् ।

एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ८ र १ स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन अधिकारीलाई रहेको बताईएको छ । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । यसअघि बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख भट्टले समयसीमा दिएका थिए ।

प्रदेश प्रमुख भट्टले दिएको समयसीमा अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेको हो । तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेपछी मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिएका थिए ।