Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आज उपनिर्वाचनका उम्मेदवारहरूको नामावली प्रकाशन गरिने

२६ सोमबार , चैत्र २०८०४ महिना अगाडि

आज उपनिर्वाचनका उम्मेदवारहरूको नामावली प्रकाशन गरिने

आगामी वैशाख १५ ईलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिने भएको छ । आज साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार शनिवार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतवारको समय तोकिएको थियो । तोकिएको अवधिमा परेका उजुरीको जाँचबुझ गरी आज साँझ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्ने बताईएको छ ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी भोलि नै चुनाव चिह्न प्रदान गर्ने तयारी रहेको छ ।

त्यस्तै आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।