Advertisement Banner
Advertisement Banner

१४ सोमबार, जेठ २०८१17th April 2024, 11:33:48 am

म उही त हो नि नेम्वाङ्गको छोरो सुहाङ्ग

२७ मंगलबार , चैत्र २०८०२ महिना अगाडि

म उही त हो नि नेम्वाङ्गको छोरो सुहाङ्ग

एउटा युवा । सुरिलो स्वर, जुङ्गाको रेखि बस्दै गरेको भर्खरको अल्लारे केटो । नमस्कार भन्दै गाउँ घुम्दै थियो । धेरैले वास्ता पनि गरेनन्न्् । कतिले त यस्ता जावा भन्न पनि छाडेनन् । तर पनि केटो नमस्कार गर्दै एक हुल कार्यकर्ता लिएर घरदैलो गर्दै थियो । 
केटालाई बुढी आमैले सोधिन् ? को हो रे बाबु तिमी ?
ल आमाले चिन्न भएन । म त उही त हो नि नेम्वाङ्गको छोरो सुहाङ्ग । उसले बोल्न नपाउँदै बुढी आमाले उत्तर दिई नेम्वाङ्गको छोरा स्वाङ्ग ! अनि तिमी के स्वाङ्ग पारिरहेका छौ त बाबु ? 
हैन नि आमै म त हजुरहरुसँग भोट माग्न आको । हजुले जसरी बुवालाई भोट दिएर पठाउनु भो त्यसैगरी मलाई पनि जिताएर सांसद बनाईदिनु परो । 
ए ठिकै छ नि । चुनाउको दिनसम्म हेरौला ! युवालाई त हो नि जिताउने ।
हेरौला हैन नि आमै म त नाती केटो जस्तै त हुँ युवा छु । केही गर्नु पर्ने जोश जाँगरले हजुरहरुको घरदैलोमा आएको छ । नाइँ नभन्नु ल ? 
चुनाव, नाई भने पनि ल भने पनि युवाहरुको पनि देखिएकै छ । त्यो दारीवाल पनि अस्ति भर्खर आएर विरासत धान्छौं भनेर उ त्यही चौतारीमा भाषण छाँटेर गाको । अव दारीवालले नेम्वाङ्गको विरासत लिने हो कि तिमी स्वाङ्गले भन्ने नै अलमल भो । दुइटै केटौले छौ । बुढाहरु पनि देखियो, उमेर पाकेकाहरु पनि देखियो ! छिप्पिसकेको शासन पनि देखियो । खै के गरौंला र ? 
केटोले भन्यो– गछौं आमै । आफ्नो देशका लागि जसरी पनि त गर्नु प¥यो नि । अर्काको देशमा त कत्ति गरियो गरियो । अव त आफ्नै देश बनाउँछु भन्ने हुटहुटी लागेर चुनावमा उठेको, आमासँग भोट माग्न आको !
गफाडी रहेछ केटो । आमैलाई गफ दिँदै गर्दा अर्का अधवैश प्वाक्क बोेले हाले । ‘तिमी देश बनाउन आका हौ की तीन दिनसम्म कुरेर बसेको बाउको सत्गति गर्न आको बाबु ? 
ट्वल्ल प¥यो केटो । विचरा भोट माग्न गाको स्वाङ्गलाई भ्वाङ्ग नै पार्दिने गरी उछितो काटे पनि बोल्यो  । अधवैशेको कुरासँग हो कि हो की जस्तै गरेर आमैले फेरि सोधिन् ? अनि बाबु तिमीले त धेरै नै ग¥यौ होला विदेशमा । 
उसले भन्यो– गरेनी आमै । कम दुख थियो र गएको एकै हप्तामा भाँडा माझ्ने काम गरियो । भाँडा माझ्ने, कपडा बेच्ने गर्दागर्दै चाउमिन, स्याण्डवीच बनाउन पनि जान्ने पो भईसकेको थिएँ त !
विचरा स्वाङ्ग सिधा कुरा गरेर सवै भ्वाङ्ग पारिहाले । स्वाङ्गको बोलीमा मिलेमतोको स्वाद चाखे जस्तै गरी अधवैशेले भने । ठिकै हो अव उता भाँडा माझ्नेदेखि सवै काम जानेर आका रैछौं । 
स्वाङ्गले पनि सिधा उत्तर दियो । हो नि कम्ता दुख थिएन र आम्मामा ! ल जेहोस अव विदेश नजाने भनेर आको छु । हजुरले भोट दिएर जिताउनु पर्दछ । 
आमैले त ठिकै हो जस्तो गरी ल ल बाबु हामी विचार गरौला नि भनिन् । तर अधवैशले भने भनिहाले खै जसलाई भोट दिएर पनि केही हुने वाला छैन । तिम्रा बालाई पनि बर्षो बर्ष दिएकै हो । आफ्नै छोराहरुलाई त देशमा राख्न मिल्ने गरी रोजगारी सिर्जना गर्न नसकेर विदेश धपाए । मर्ने बेला अनुहार पनि देख्न पाएनन् । अव तिमीहरुले पनि युवाहरुलाई त्यसैगरी विदेश धपाउने बाहेक के गरौला र ? निराशा जनाए ।
ती अधवैशेलाई फकाउँदै स्वाङ्ग बोले । अव त्यस्तो हुँदैन । हुँदै हुँदैन । मानिस सँधै एउटै हुँदैन नि । अव त युवाहरुले नै गर्ने हो देशका लागि ? 
देशमै गर्ने हो त भन्ने हो तर कसका लागि गर्छन् भन्ने छ घाम जत्तिकै छर्लङ्ग छ नि । दश वर्ष बमबारुदमा खेल्नेले त भाई छोरी ज्वाई बाहेक कोही देखनन् । अव तिमी त अझै विदेशहा भाँडा नै माझ्न थालिसकेका मान्छे । यही इलाममा इलम गरेर बसेको भएपनि हो कि भन्नु । त्यस्तो बाबुको छोरो त देशको माटो बेचेर विदेश गयौं । तिम्रा बाहरुले वाध्य पारे । अव त उही हो । 
गाउँले जम्मा भए । गुचुुुमुच्च परेर वसेका गाउँलेहरु अधवैशेंको कुरामा भित्रैबाट स्वीकृत गरिरहेका  थिए । ताली बजाउने पनि कमी थिएनन् । कतिपय त छोराछोरीले विदेश पठाईदिएको दाईफोनबाट भिडियो खिचिरहेका थिए । चर्चित पत्रकार नै जस्तै गरी । 
नेपालमा अहिले त एउटै घरमा दुईचार पत्रकार नभएको भेट्नै मुश्किल पर्ला । एकताका एउटा टेलिभिजनले फलाक्थ्यो । टोल टोलमा पत्रकार भनेर । तर त्यसलाई पनि माथि ख्वाउने गरी अहिले त घरघरमा पत्रकार । त्यसैले पनि होला स्वाङ्गको अगाडि भ्याङ्ग परेकाहरु भिडियो खिच्नेहरु धकेला धकेल गर्दैै थिए । मानौ कि त्यहाँ ठुलै काण्ड नै घटिसकेको जस्तो छ । 
हिजोआज त के भो र भ्रम छर्ने कुरालाई मार्क जुकर्रवर्गले सजिलै ठाउँ दिएकै छन् । सत्य होस कि झुठो होस् । तुरुन्ता तुरुन्दै विश्वभर पु¥याईदिन्छन् । पहिले पो खर्च बर्च टन्नै हुन्थ्यो । नेपालीलाई भोजभतेर गर्नु प¥थ्यो । 
अहिले त मोवाईलबाट खिच्यो, डलर ति¥यो । भोजभतेर उतै डलरबाटै गर्छन् । न सीपको चिन्ता न ज्ञानको आवश्यकता । हुरी आको जस्तो भुटुङटुङ लाईक आएपछि त मान्छे गज्जवैको रैछ भन्ने भईगो । उता भाँडा माझैदै लुगा बेच्दै स्वाण्डवीच बनाको पारिश्रमिक थाप्ने डलर कार्ड छँदैछ । भुटुङटुङ बुष्ट हान्दियो गुटुङटुङ गईहाल्छ । तात्तो न छारो । 
यथार्थ कुरा बोलेकै छ क्यार । बाउ जति नै ठूलो नेता भएपनि । जागिर ख्वाउन सकेनन् । सरकारले रोजगारी दिएन । अनि त भाँडा माझ्न नगएर यही सुन तस्करी गरेर बस्नु त ? स्वाङ्गले मनमनै अधवैशेलाई उत्तर दियो । 
५ पल्ट प्रधानमन्त्री भएकाको हाल, लण्डनमा २० बर्ष पढ्न पठाको भनेको देउवाको छोराले सेनेटेरी प्याडको ठेक्का हान्ने, हाम्रै काका पर्ने ईश्वरको छोराले ओम्नी ठेक्का हान्नी, महरा काकाको छोरा सुन ठेक्का हान्ने, टोपबहादुर बाउछोरा मान्छे बेच्ने ठेक्का हान्ने अनि मैले बाउले जागिर ख्वाउन नसकेर विदेशमा भाँडा माझ्दा चाहिँ सवलाई ल्याङ्ग हुने । 
म त विदेशमा भाँडा माझेर बसेको केटो सत्य बोल्न नि नहुने । दिने भए सिधा देउ, नदिने भए फर्काइदेउ । नेवाङ्गको छोरो हुँ सुवाङ्ग, जताततै देख्छु । युवाले देश बनाउने हो । युवालाई विश्वास नगरेपछि कसरी युवा देशमा बस्छन् ?