Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै

२७ मंगलबार , चैत्र २०८०४ महिना अगाडि

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै

राप्रपाले आज काठमाडौंमा बृहत प्रदर्शन गर्ने तयारि गरेको छ । पचासौं हजार मानिस उतारेर राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो ।

संवैधानिक राजतन्त्र पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले आज बृहत प्रदर्शन गर्न लागेको बताईएको छ । दिउसो भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।

राप्रपाले भव्य तयारीका साथ आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दावी समेत गरेको छ । विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले यसअघि गर्ने भनिएको आन्दोलान एसईई परीक्षालाई मध्यनजर गर्दै स्थगित गरेको थियो भने अहिले परिक्षा सकिएपछी आन्दोलन शुरु गरेको हो ।

राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन गर्न लागेको बताईएको छ ।